झापास्थित एक घरमा आगो लाग्दा परिवारै सखाप

१० मंसिर २०७५, सोमबार १३:४७
 

सदरलाइनडटकम,
झापा : झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा आगलागी हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको छ । आइतवार राती १० बजे भएको आगलागीमा ३४ वर्षीय लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको हो ।
उनकी २८ वर्षीया श्रीमती राधिका, चार वर्षीया छोरी सुप्रिया र चार महिनाका छोरा टीकारामको जलेर मृत्यु भएको छ । आगलागीमा परेर छिमेकी ३७ वर्षीया गीता ढुंगेल गम्भीर घाइते भएकी छन् । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



बाक्लो बस्तीबीचमा रहेको खनाल परिवारको काठे घरमा कसरी आगलागी भयो भन्ने केही खुल्न सकेको छैन । घरमुली लक्ष्मणले ट्रयाक्टर लिएर राती स्थानीयको खेत जोताउन गएका थिए । घर आएर खाना खाई सुतेको केही समयमानै आगलागी भएको स्थानीयको अनुमान छ ।
आगलागीबाट काठेघर पूर्णरुपमा नष्ट भएको छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले बताए । घरमा चार महिनाकी सुत्केरी भएकाले सेकाउन बालिएको आगोबाट सल्किएको हुनसक्ने केहीको अनु्मान छ ।
ट्रयाक्टर सञ्चालक भएकाले घरमा डिजेल भने रहेको र त्यसबाट आगो छिटो फैलिएको भने हुन सक्ने छिमेकीहरु बताउँछन् । आगो लागेको थाहा पाउन साथ स्थानीयले पानी चहार्ने मोटर चलाएर आगलागी नियन्त्रणको प्रयास गरेको छिमेकी तुलसा अधिकारीले बताइन् ।

Next Post

रुकुमको डिग्रेमेलाबाट दश लाख बढी आम्दानी

१० मंसिर २०७५, सोमबार १३:४७
सदरलाइनडटकम, रुकुम : रुकुम पश्चिमको प्रशिद्ध धार्मिक डिग्रे मेलाबाट १० लाख बढी आम्दानी भएको छ । मुसिकोट नगरपालिका थर्पुमा रहेको रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने मेलाबाट यस वर्ष विभिन्न शीर्षकबाट १० लाख ८५ हजार ६ सय ४१ रुपैयाँ आम्दानी भएको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए । […]