सदरलाइनडटकम,
धनगढी : प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै शुक्रवार राती एक युवकको हत्या भएको हो । वडा नम्वर ४ कै २५ बर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
राती ११ बजे थापाको हत्या भएको प्रहरीले जनाएको छ । रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उपमहानगरपालिका वडा नम्वर ४ कै आषिश सेटीलाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले बताए ।


