क्यालिफोर्नियामा आगलागीमा परी नौ जनाको मृत्यु

२४ कार्तिक २०७५, शनिबार १५:२३
 

सदरलाइनडटकम,
काठमाण्डौ : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण ९ जनाको मृत्यु भएको छ । क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरूको सवारी साधनलाई आगोले छोएको थियो ।
त्यसपछि ती सवारीमा रहेका ९ जनाको भएको बताइएको छ । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति आगोमा परेका हुन् । उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।
उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । तर पनि यहाँका उद्धारकर्ताहरूले अहिलेसम्म एक लाख ५० हजार जनालाई सुरक्षित स्थानमा पठाइएको अधिकारीहरूले बताएका छन् । शुक्रवार देखिएको आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमिटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो ।
सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो। सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिए पनि आगो निन्त्रणमा लिन सकिएको छैन । तर अधिकारीहरुले सो आगलागी जंगलमा भएको आगलागीबाट नभएको बताएका छन् ।
उनीहरूले प्रारम्भिक रूपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरूकै कारण जंगलमा आगलागी भएको र उनीहरूको ज्यान गएको बताएका छन् । तर यस कुराको पुष्टि भने भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन ।
(एजेन्सीको सहयोगमा)

Next Post

यौन दुराचारको आरोपमा बृद्ध पक्राउ

२४ कार्तिक २०७५, शनिबार १५:२३
सदरलाइनडटकम, धनगढी : पाँच वर्षीया किशोरीसँग यौन दुराचर गरेको आरोपमा धनगढीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका ४ उत्तरबेहेडीकी ५ वर्षीया किशोरीसँग यौन दुराचारको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राई पक्राउ परेका हुन् । केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिवार […]

सम्बन्धित