सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौमा १० लाख मूल्य बराबरको पटाका प्रहरीले नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएको झण्डै १० लाख मूल्य बराबरको पटाका काठमाण्डौको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधवार बिहान नष्ट गरिएको हो ।
ठूलो धनजनको क्षति निम्त्याउने प्रतिबन्धित पटाका सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले बताए । परिसरले पटाका बिक्री वितरणमा संलग्न ९ जनालाई नियन्त्रणमा लिई कानूनी कारबाही शुरु गरेको छ ।
परिसरले राजधानीलाई पटाकामुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए । उनले पटाका पड्काउने तथा बिक्री वितरण गरेको पाइए प्रहरीलाई सूचना दिन पनि सबैलाई आग्रह गरे ।
Next Post
यमपञ्चकको तेस्रो दिन बुधवार लक्ष्मीको पूजा गरिँदै
२१ कार्तिक २०७५, बुधबार १४:४१
सम्बन्धित
-
३१ भाद्र २०८०, आईतवार १३:५३
थारु समुदायको दोश्रो ठुलो पर्व ‘अट्वारी’ आइतवार मनाईंदै
-
२८ पुष २०७५, शनिबार १०:१५
बाँकेको कोहलपुरमा घाँटी रेटेर युवकको हत्या
-
१० असार २०७६, मंगलवार १९:४८
प्रदेश सांसद नमुना नरैनापुरको डुवान क्षेत्रमा
-
१७ मंसिर २०७७, बुधबार १६:३१
एड्सबाट बाँकेमा १ सय ५४ जनाले ज्यान गुमाए
-
१८ मंसिर २०७७, बिहीबार १७:२३
हिरमिनियामा निःशुल्क प्रयोगशाला सञ्चालन
-
३ पुष २०७५, मंगलवार १८:३५
हिन्दु राष्ट्र आजको आवश्यकता : राप्रपा अध्यक्ष थापा