सदरलाइनडटकम,
कञ्चनपुर : मलामी चढेको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ भने ८ घाईते भएका छन् ।
से १ त ५४२२ नम्बर ट्याक्टर आइतवार भीमदत्त नगरपालिकाको भाँसीमा दुर्घटना हुँदा बेदकोट नगरपालिका ४ बैतोडाका ३२ वर्षीय प्रेम धामी र ३३ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्म जोशीले बताए ।
घाइतेमध्ये चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरिएको छ । अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको उनले बताए । मलामी फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।


