सदरलाइनडटकम,
बुटवल : तीन महिनादेखि भण्डारण गरी राखिएको तीन क्विन्टल मासु बुटवलमा बरामद गरी नष्ट गरिएको छ ।
वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायका अनुसार बुटवलको इँटाभट्टीमा रहेको कुरेसी मासु पसलमा बुधवार जिल्ला अनुगमन टोलीले गरेको अनुगमनको क्रममा तीन वटा डीप फ्रिजमा राखिएको २२८ किलो खुट्टा, ७४ किलो टाउको र ८ किलो भुँडी बरामद गरी नष्ट गरिएको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा त्यो परिमाणको मासु बरामद भएपछि मासु पसललाई सिल गर्नुका साथै तिनाउ नदी किनारमा लगेर मासु नष्ट गरिएको छ ।
Next Post
सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु
१४ कार्तिक २०७५, बुधबार १५:३४
सम्बन्धित
-
१९ श्रावण २०८०, शुक्रबार १६:१६
त्रिभुवन माविमा लगाईएको ताला खुल्यो
-
२४ फाल्गुन २०७७, सोमबार ०९:००
१११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
-
२७ आश्विन २०८०, शनिबार १३:५८
आइतवारदेखि नेपालगञ्जमा रामलिला मञ्चन हुने
-
२ पुष २०७८, शुक्रबार १३:४०
माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु
-
२१ माघ २०८०, आईतवार १९:२३
पर्यटक सूविधा लिएर नेपालबाट भारतका विभिन्न शहरमा पेसेन्जर बोक्दै
-
१३ आश्विन २०८१, आईतवार १३:२१
लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाइ प्रदेश सरकारको निम्तो