
सदरलाइनडटकम,
अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको सुदीप होटल भित्र फेला परेको चितुवा मरेको छ ।
चितुवाले कुकुरलाई आक्रमण गर्ने क्रममा स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा सुदिप होटेलभित्र छिरेको थियो । होटलभित्र चितुवा पसेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली होटेलमा पुगेर चितुवा नियन्त्रणमा लिई जिल्ला वन कार्यालय अर्घाखाँचीलाई बुझाएको थियो ।
नियन्त्रणमा लिने बेला चितुवा घाइते भएको थियो । घाइते अवस्थामा जिल्ला वन कार्यलयमा पुगेको चितुवा मंगलवार राती मरेको सहायक जिल्ला वन अधिकृत शिला पोख्रेलले बताए ।


