सदरलाइनडटकम,
कञ्चनपुर : खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा कञ्चनपुरस्थित एक पसलमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजारमा रहेको समैजी डेरी तथा मिठाई भण्डारमा शुक्रवार ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको हो ।
मिठाइ पसलको स्टोरमा राखिएको सिलिण्डर पड्केर भएको आगलागीले चार लाख मूल्य बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट पसलभित्र राखिएको मिठाई र फर्निचर जलेर नष्ट भएका छन् भने भवनसमेत चर्किएको छ । पसलका सञ्चालक बाबु विष्टले आफु पसल बन्द गरेर घर गएको बेला सिलिण्डर पडकिएको बताए । उनका अनुसार दुई दिनअघि ग्यास भरेर ल्याइएको थियो ।
बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले आगलागी भएको पसलमा स्थलगत अनुगमन गर्दै आगलागी पीडितलाई गाउँपालिका तर्फबाट उचित सहयोग उपलब्ध गराइने आश्वासन दिए । पीडित विष्टलाई घर निर्माणका लागि काठ उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने अध्यक्ष थापाको भनाई थियो ।


