डुडुवाको छग्रहवामा जिल्लास्तरिय खुल्ला फुटबल प्रतियोगिता शुरु

२७ आश्विन २०७५, शनिबार २२:०९
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : नवदुर्गा युवा क्लब बी कम्दीको आयोजनामा बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. ५ छग्रहवामा जिल्लास्तरिय खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको सहयोगमा शुरु भएको प्रतियोगिताको शनिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गरे ।
प्रतियोगिताको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले स्वास्थ्यका लागि खेल जरुरी रहेको भन्दै युवाहरुलाई खेल क्षेत्रमा सक्रिय सहभागिता गराउनु पर्नेमा जोड दिए । उनले यस क्षेत्रका खेलाडीले खेल जगतमा अन्र्तराष्ट्रियस्तरमा नाम कमाउन सफल भएको स्मरण गर्दै यस गाउँपालिकालाई नै खेलको नमुना क्षेत्र बनाउने प्रतिबद्धता गरे ।
प्रमुख चौधरीले कम्दीको छग्रहवास्थित खेल मैदानलाई व्यवस्थित बनाउन आवश्यक बजेट छुट्टायाई पहल गर्ने भन्दै खेलका विधामा योजनाका साथ अघि बढने विश्वास व्यक्त गरे ।
उदघाटन समारोहमा उपाध्यक्ष साहिदा बानौ, अन्र्तराष्ट्रिय खेलाडी पदम बुढाथोकी, अगुवा समाजसेवी खेमबहादुर बुढाथोकी, बनकर्मी कमल बुढाथोकी, इलाका प्रहरी कार्यलय कम्दीका इन्चार्ज श्रवण भण्डारी, स्थानीय युवा अगुवा बेलबहादुर बोहरा, मेकलाल नेपाली, कृपालदेव गिरी, वन तथा बाताबरण संरक्षण समन्वय समितिका अध्यक्ष कर्णबहादुर विकले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट १४ जना युवा समुहहरुको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम हुनेलाई रु ३५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु ५ हजार प्रदान गरिने आयोजक युवा क्लबका अध्यक्ष निर्मल चन्दले जानकारी दिए । चन्दका अनुसार नकआउटको आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल असोज ३१ गते हुनेछ ।


Next Post

‘काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरी’

२७ आश्विन २०७५, शनिबार २२:०९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन जरुरी रहेको बताएका छन् । नेपाली काँगे्रस वडा न १३ कार्यसमितिले शनिबार सरस्वती संगीतालय परिसरमा आयोजना गरेको वडा दशैं, तिहार तथा छठ शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राठौरले सो कुरा बताएका हुन […]