बिद्यालयका लागि खजुराद्वारा बजेट बिनियोजन

२५ आश्विन २०७५, बिहीबार १६:५७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मावि, निमावि र प्राविमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । शिक्षक व्यवस्थापनवापत ३ किसिमको अनुदानको व्यवस्थापन गर्नुका साथै मदरसालाई अझै व्यवस्थित गर्नका लागि निशार अली दर्जीको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको स्रोत व्यक्ति टंक दाहालले जानकारी दिए ।
दाहालका अनुसार ६ वटा मावि, १० आधारभूत, ३ प्रावि र ३ मदरसाका लागि अनुदान दिने निर्णय गरिएको हो । अमर मावि, सि गाउँ, मावि मनकामनापुर, मावि गोदहना, पशुपति मावि घियालाई एकएक शिक्षक र जनसेवा मावि गिजरालाई २ शिक्षकका लागि १ शिक्षक बराबर ३ लाखका दरले अनुदान छुट्याउने निर्णय गरिएको छ ।
त्यस्तै निमावितर्फ जनसेवा मावि गिजरा, मावि मनकामनापुर, पशुपति भानु मावि उढरापुर, आधारभूत नेरा निमावि धौलागिरी, मनकामना ई गाउँ, नेरा आदर्श आधारभूत निमावि डि गाउँ, जनकल्यान निमावि गिजरा, आधारभूत सिन्दुरीका लागि एक÷एक जना शिक्षक दरबन्दीका लागि एक शिक्षक बराबर वार्षिक २ लाखका दरले बजेट विनियोजन गरिएको शिक्षा समिति सदस्य सचिव विश्वराज ढकालले जानकारी दिए ।
त्यसैगरी प्रावितर्फ अम्बेमाता प्रावि बुद्धपुर, कालिका प्रावि सोनवर्षा, अमृता प्रावि सोनपुरका लागि पनि १÷१ जना शिक्षक दरबन्दीका लागि १ लाख ५० हजारका दरले बजेट छुट्याइएको सदस्य सचिव ढकालले बताए । उढरापुर, सोनपुर र रनियापुरमा रहेका ३ वटा मदरसालाई पनि एक लाख वार्षिक अनुदान दिने गरी निर्णय गरिएको छ ।
समितिका संयोजक तथा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको समितिको बैठकले गत वर्ष कम्प्युटर प्रदान गरिएका समुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई दशैं र तिहारको बीचमा १५ दिने तालिम दिइने, विद्यालय कर्मचारीका मागलाई सम्बोधन गर्दै वार्षिकरुपमा खाँदै आएको सेवामा रकम थप गर्ने, कक्षा कोठा सवलीकरणका लागि पनि मावि, निमावि र प्राविलाई रकम छुट्याउने निर्णय गरिएको छ ।
१४ मावि, ५ निमावि, १२ प्रावि १७ मदरसा र ६६ बालविकास रहेको खजुरा क्षेत्रभित्र शिक्षक दरवन्दी व्यवस्थापन, कम्प्युटर तालिम, विद्यालय कर्मचारी, बालविकास कर्मचारीलाई थप र कक्षकोठा सवलीकरण गरी करीब ७९ लाख ४३ हजार रुपैयाँ छुट्याइएको जनाइएको छ ।

Next Post

मुख्यमन्त्री पोखरेल र विश्व बैंकका प्रतिनिधीबीच भेटवार्ता

२५ आश्विन २०७५, बिहीबार १६:५७
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बिहीवार विश्व वैंकका नेपालस्थित कन्ट्रि डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडिका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासिय प्रतिनिधि यमनाथ शर्मालगायत दातृ निकायको एक टोलीले भेट गरेको छ । टोलीले प्रदेशको विकासको प्राथमिकता, […]