टी–२० विश्वकप छनोटमा नेपाललाई चौथो सफलता

२३ आश्विन २०७५, मंगलवार १४:२८
 

सदरलाइनडटकम,
काठमाण्डौ : आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो खेल जीतेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपाल मंगलवार भएको खेलमा भुटानसँग १ सय १७ रनले विजयी भएको हो ।
नेपालले दिएको १ सय ५१ रनको लक्ष्य भुटान १६ दशमलव ४ ओभरमा ३३ रनमा अलआउट भयो । भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्केका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन जोडेको थियो । नपालका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी नटआउट ७५ रन जोडे ।
उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो । छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा नेपालले २४ गते चीन र २६ गते सिङापुरसँग खेल्नेछ । असोज २६ गतेसम्म मलेशियामा हुने प्रतियोगितामा नेपालसहित सिङापुर, मलेशिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।

Next Post

कर्णाली सरकार र दातृ निकायबीच छलफल

२३ आश्विन २०७५, मंगलवार १४:२८
सदरलाइनडटकम, सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न विषयमा लगानीकर्ताहरुसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय दातृ निकायसँग कर्णालीको विकासका लागि बहुपक्षीय छलफल गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे परार्मश भएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री […]