भण्डारी गोरखापत्र संस्थानको नयाँ अध्यक्ष, पत्रकारको तलब २५ प्रतिशत वृद्धि

२१ आश्विन २०७५, आईतवार १६:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको हो ।
यससँगै महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । यस्तै, सरकारले चिनीको मूल्य विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डाक्टर दिलबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
समितिले उखु उत्पादक, चीनी उद्योग, उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहनेसमेत जनाइएको छ । यस्तै, नागरिक लगानी कोषको संचालकमा डाक्टर रामचन्द्र भट्टराईलाई नियुक्त गरी अध्यक्षको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
पत्रकारको तलब २५ प्रतिशतले बृद्धि
मन्त्रिपरिषद्को आइतवार दिउँसो बसेको बैठकले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ । कार्तिक एक गतेदेखि लागुहुने गरी सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । यसअघि श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएको थियो ।

Next Post

चाडपर्वलाई लक्षित गर्दै नेपालगञ्ज बसपार्कमा यात्रु सहायता डेस्क

२१ आश्विन २०७५, आईतवार १६:२०
सदरलाइनडटकम, नेपालगञ्ज : चाडपर्वलाई लक्षित गर्दै यात्रु आवागमनमा सहजता पुर्याउने उद्देश्यले नेपालगञ्ज बसपार्कमा आइतवारदेखि यात्रु सहायता डेस्क सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको डेस्कको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरे । बाँके प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहलगायतको उपस्थितीमा यात्रु सहायता डेस्कको उदघाटन […]

सम्बन्धित