सदरलाइनडटकम,
दैलेख : दैलेखमा शुक्रवार दिउँसो लगातार तीन पटक भूकम्प गएको छ । नारायण नगरपालिका वडा नम्बर १० भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको हो ।
दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२ बजेर ५३ मिनेटमा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दैलेखको भवानी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पछि ३.५ रेक्टर स्केलको पराकम्पको पनि रेकर्ड भएको छ । दैलेखबाट सुर्खेत नजिकै भएकाले भूकम्पको धक्का अनुभव बढी भएको बस्नेतले जानकारी दिए । भूकम्पको धक्का दैलेखका साथै सुर्खेतलगायत आसपासका जिल्लामा पनि महशुस गरिएको छ ।
लगातार भूकम्प गइरहेको र दैलेख केन्द्र भएकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।
Next Post
ट्रयाक्टरबाट खसेर रुकुममा महिलाको मृत्यु
१९ आश्विन २०७५, शुक्रबार १४:२८
सम्बन्धित
-
३० मंसिर २०७६, सोमबार १५:४०
लागुऔषधसहित पाल्पामा दुई पक्राउ
-
३१ जेष्ठ २०७८, सोमबार १०:२३
एसइईको नतिजा साउन दोश्रो साता आउने
-
६ भाद्र २०८०, बुधबार १६:३९
डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव
-
१६ श्रावण २०७९, सोमबार १४:३७
सुदूरपश्चिममा अझै पाठ्य पुस्तकको अभाव
-
१५ भाद्र २०७७, सोमबार १७:५१
“मेरो जीवन साथी तिमी” बजारमा
-
१ असार २०७७, सोमबार १५:२६
नेपालसँगको विवादलाई वार्ताबाटै टुंग्याउँछौ : भारतीय रक्षामन्त्री