नवलपरासीमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ घाइते

१३ आश्विन २०७५, शनिबार १४:४१
 

सदरलाइनडटकम,
नवलपरासी : नवलपरासीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन् । कावासोती–१६ मा शनिवार बिहान बस र ट्रक ठोक्किँदा बसचालक बाँके कोहलपुर नगरपालिका ४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको हो ।
घाइते ३२ जनामध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बर को बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७७१९ नम्बको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Next Post

राजधानी सार्ने निर्णयलगत्तै धनगढीमा अनिश्चित्कालीन आमहडताल

१३ आश्विन २०७५, शनिबार १४:४१
सदरलाइनडटकम, धनगढी : प्रदेश नम्बर सातको राजधानी सार्ने निर्णयको विरोधमा शनिवारदेखि धनगढीमा अनिश्चितकालीन बन्द गरिएको छ । राजधानी सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै नागरिक समाज संघर्ष समितिले धनगढी बन्द गराएको हो । ट्राफिक चोक, शहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन् । बन्दका […]

सम्बन्धित