विषाक्त रक्सीले मलेशियामा दश नेपालीको मृत्यु, ६ जनाको शव ल्याउने तयारी

११ आश्विन २०७५, बिहीबार ०९:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : विषाक्त रक्सीका कारण मलेशियामा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ  । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
यसअघि उपचारका क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको मृत्यु भएको थियो । धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि मृत्यु भएको थियो ।
विषाक्त रक्सीका कारण बिरामी भएका ९ नेपालीको मलेशियास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
६ जनाको शव ल्याउने तयारी
विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भएको छ । शुक्रवारसम्म शव नेपाल ल्याउने तयारी भईरहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल ल्याउन लागिएको हो । बाँकी चार जनाको शव ल्याउने प्रक्रिया अघि बढाइएको नेपाली दूतावासले बताएको छ ।

Next Post

धनगढीमा आमहडतालका कारण जनजीवन प्रभावित

११ आश्विन २०७५, बिहीबार ०९:२४
सदरलाइनडटकम, धनगढी : प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीले बिहीवार आमहडताल गरेका छन् । एक दिने गरिएको आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । चाडपर्वका बेला गरिएको आमहडतालले सर्वसाधारण मर्कामा परेका छन् भने बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् । कैलालीको सदरमुकाम धनगढीलाई […]