कञ्चनपुरको जंगलमा युवतीको बेवारिसे शव फेला

९ आश्विन २०७५, मंगलवार ०९:२८
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा एक युवतीको बेवारिसे शव भेटिएको छ । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जंगलमा सोमवार बेलुकी २६ वर्षीया युवतीको बेवारिसे शव भेटिएको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । धनगढीस्थित सेती अञ्चल अस्पतालमा मंगलवार शवविच्छेदन गरिने प्रहरीले बताएको छ ।

Next Post

प्रधानमन्त्री ओली र क्यानेडियन समकक्षीबीच भेटवार्ता

९ आश्विन २०७५, मंगलवार ०९:२८
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउबीच मंगलवार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रडिउले दुबै देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी […]

सम्बन्धित