सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप क्रिकेटको ‘सुपर फोर’अन्तर्गतको खेलमा भारत र पाकिस्तान विजयी भएका छन् । भारतले बंगलादेशलाई र पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको हो ।
भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६ दशमलव २ ओभरमा पुरा गरेको थियो ।
एशिया कपमा भारतले आइतवार पाकिस्तानसँग खेल्नेछ ।
यस्तै दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । अफगानिस्तानले दिएको २ सय ५८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदा ७ विकेट गुमाउँदै पुरा गरेको थियो । यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २ सय ५७ रन बनाएको थियो । अफगानिस्तानले पनि आइतवार बंगलादेशसँग खेल्नेछ ।
Next Post
भारत अधीनस्थ काश्मिरका प्रहरी अधिकारीद्वारा राजिनामा दिँदै
६ आश्विन २०७५, शनिबार १६:०२
सम्बन्धित
-
६ आश्विन २०७५, शनिबार १७:५३
नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाईंदै
-
२७ पुष २०७९, बुधबार १४:०२
रोल्पामा नागरिकतामा दोस्रो श्रीमानको नाम राख्ने बढे
-
१४ कार्तिक २०७९, सोमबार १२:१३
कोहलपुरमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
-
८ भाद्र २०७७, सोमबार २०:१८
भारतबाट नेपाल आउने यात्रुको लागि लक्षित तयारी खाना कार्यक्रम समापन
-
४ बैशाख २०७८, शनिबार १८:२३
नेपालगञ्ज मेडिकल कलेजले पनि सञ्चालनमा ल्यायो कोभिड आईशोलेशन
-
१२ फाल्गुन २०७९, शुक्रबार १२:५८
राप्ती सोनारीमा वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए