वडाप्रहरी कार्यालय नेपालगञ्जद्वारा लाखबढीको अवैध सामान नियन्त्रणमा

४ आश्विन २०७५, बिहीबार १२:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलेर नेपाल भित्र्याएको एकलाख बराबरको लत्ताकपडा नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार गस्तीमा निस्केका प्रहरीको टोलीले नेपागञ्ज–२ घरबारीटोलमा सुमित बेहनाको घरमा भाडामा बस्ने ललिता चौधरीको कोठाबाट सो सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानहरुमा लेगिज सुट ५२ पिस २६ हजार, कोटपेन्टको कपडा १२० मिटर ३६ हजार, निलोरङ्गको साडि ५० पिस १५ हजार, ढाकाको कपडा सय मिटर १० हजार, सल ११८ पिस ११ हजार ८ सय र गन्जी ६० पिस ३ हजार गरी १ लाख १ हजार ८ सय बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाएको छ ।

Next Post

अठार किलो चरेशसहित बझाङमा दुई पक्राउ

४ आश्विन २०७५, बिहीबार १२:४४
सदरलाइनडटकम, बझाङ : ठूलो परिमाणको चरेशसहित बिहीवार बझाङमा दुई जना पक्राउ परेका छन् । मष्टा गाउँपालिका–२ खिकालाका १८ वर्षीय दीपक बोहरा र ३९ वर्षीय हस्त पुरी १८ किलो चरेशसहित पक्राउ परेका हुन् । मष्टा गाउँपालिको घुरलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैनपुर बजार जाँदै गरेको अवस्थामा दुबै जनालाई इलाका […]

सम्बन्धित