सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुरासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयले बुधवार बिहान नेपालगञ्ज १३ परसपुरबाट पाँच क्विन्टल बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको हो ।
भारतवाट अवैधरुपमा साइकलमा पैठारी गरिरहेको अवस्थामा वडा कार्यालद्वारा गएको प्रहरी टोलीले २ सय ५ गोटा कुखुरा नियन्त्रणमा लिएको हो । कुखुरासहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।
बरामद गरिएको कुखुराको नेपाली वजार मुल्य एक लाख दश हजार रहेको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बताए । पछिल्लो समय भारतीय क्षेत्रबाट अवैधरुपमा कुखुरा आयात बढेको छ । भारतीय क्षेत्रमा सस्तो मुल्य पर्ने भएको हुँदा अवैधरुपमा नेपाल भित्र्याउने क्रम बढेको हो ।


