एसपी बिष्टलाई समात्न अनेरास्ववियुको चौबिस घण्टे अल्टिमेटम

२९ भाद्र २०७५, शुक्रबार १८:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । काठमाण्डौको सरस्वती क्याम्पसमा शुक्रवार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्म एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेको हो । प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्टलगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई गिरफ्तारै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताए ।
नयाँ शक्ति पनि आन्दोलित
हत्या, हिंसा, बलात्कारलगायत अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै नयाँ शक्ति पार्टी नेपालले शुक्रवार काठमाण्डौमा प्रदर्शन गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै नयाँ शक्तिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

Next Post

यस वर्षपनि नेपालगञ्जमा रामलीला मञ्चन गरिने

२९ भाद्र २०७५, शुक्रबार १८:४१
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष झैं यस वर्षपनि नेपालगञ्जमा रामलीला मञ्चनको तयारी गरिएको छ । बडा दशैंका अवसरमा हुँदै आएको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेकोले रामलीला नाटक मञ्चनलाई भब्य, सभ्य र सफल बनाउन तयारी गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रामलीलालाई भव्य, सभ्य र सफल […]