सदरलाइनडटकम,
नेपालगन्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८औं वार्षिक साधारणसभा शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैशीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलसमशेर राणाले उदघाटन गर्दै सहकारी संस्थाहरु नगरको विकास, समृद्धि र खुशियाली ल्याउने एउटा माध्यम भएको बताए । उनले अवको ४ वर्षमा नेपालगन्जलाई नेपालकै सुन्दर नगरको रुपमा विकासित गर्ने दावी गरे ।
उद्घाटन सत्रमा बोल्दै नगरस्तरीय सहकारी संस्था सञ्जालकी अध्यक्ष विजया धितालले सहकारी संस्थाहरु नीति, विधि र प्रविधियुक्त बन्नुपर्नेमा जोड दिईन् । कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष पे्रमप्रसाद सुवेदी, युवा स्वरोजगार कोषका सचिव नितेश शर्मा, नेफस्कुनका कार्यक्रम संयोजक गोविन्द थापा, नेपाल अडिटर्स एशोसिएशनका अध्यक्ष मोहम्मद जुवेर राई लगायतको उपस्थिति थियो ।
नेपालगन्जस्थित न्यूरोडमा रहेको सहकारी संस्थाकी सचिव अम्बिका काफ्लेको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा २०६८ साल जेष्ठ १३ गते दर्ता भई २५ जना सदस्यहरुबाट शुरुवात गरिएको संस्थामा हाल ५ हजार ५ सय ४७ जना सदस्यहरु रहेको जानकारी दिइएको थियो ।ं संस्थाले आगामी बर्ष २ करोड शेयर पुंजी संकलन गर्ने लक्ष्य लिएको छ । त्यसै गरि संस्थाले आगामी आर्थिक बर्षमा बचत संकलन ३५ करोड, ऋण लगानी २० करोड, शुद्ध नफा ३० लाख, अवधी मुद्दती बचत १ करोड, शेयर संख्या ७ हजार पु¥याउने लक्ष्य रहेको अध्यक्ष कुरैशीले बताए ।
हाल बैंकको शेयर पुंजी १ करोड ३५ हजार ४ सय रुपैयाँ, बचत संकलन १६ करोड ७२ लाख ९२ हजार ७ सय ४५, ऋण लगानी ८ करोड ५० लाख ४ हजार ३ सय ३५, शुद्ध नफा १३ लाख ४२ हजार ७ सय ७० रुपैया, शेयर सदस्य संख्या ५ हजार ५ सय ४७ रहेको संस्थाले जनाएको छ ।