सदरलाइनडटकम,
नेपालगन्ज : दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित नेपालगन्जबाट एक जना पक्राउ परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरोको टोलीले न्युरोडको होटल स्वस्तिकबाट रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको हो ।
अवैधरुपमा छाला विक्रीबितरणका लागि नेपालगन्ज आएका बाजुरा कात्तिकस्वामी गाउँपालिका–३ का ३५ बर्षीय जगीन्द्रबहादुर शाहीलाई पक्राउ गरिएको प्रदेश ५ का प्रहरी कार्यालय अनुसन्धान ब्यूरो टोलीका प्रहरी निरीक्षक देवी प्रसाद पौडेलले बताए ।
आवश्यक कारबाहीका लागि रेडपाण्डाको छालासहित शाहीलाई जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको उनले जानकारी दिए । दुर्लभ बन्यजन्तु रेडपाण्डाको तस्करी गर्नेलाई पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना र पाँच बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
Next Post
खजुरामा तीज गीत प्रतियोगिता सम्पन्न
२१ भाद्र २०७५, बिहीबार १९:०४
सम्बन्धित
-
८ फाल्गुन २०७५, बुधबार १५:२०
डुडुवामा धार्मिक मेलाको तयारी
-
२३ कार्तिक २०७७, आईतवार १५:१४
नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने
-
१८ आश्विन २०७७, आईतवार १९:१८
सुरक्षाकर्मीलाई युवासंघको सर्जिकल मास्क
-
३ पुष २०७८, शनिबार ११:२५
बर्दियाका स्थानीय तहहरु स्थानीय पाठ्यक्रम निर्माण गर्दै
-
१५ जेष्ठ २०७८, शनिबार १०:४३
कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो
-
६ जेष्ठ २०७८, बिहीबार १६:५८
बाँकेमा ५२८ संक्रमित थपिए, ४७५ जना डिस्चार्ज