सदरलाइनडटकम,
बुटवल : पाँच नं. प्रदेशका सबै स्थानीय तहमा खेल मैदान निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न प्रदेश सरकारले ‘एक पालिका एक खेल मैदान’ कार्यक्रमअन्तर्गत ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको हो ।
उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए । उनले प्रदेश ५ को १ सय ९ वटै स्थानीय तहका लागि बजेट बिनियोजन गरिएको जानकारी दिए ।
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको छलफलबाट ‘एक पालिका, एक खेल मैदान’को ‘कन्सेप्ट’ आएको भन्दै सचिव गौतमले अधिकांश स्थानीय तहले गाउँ र नगरसभाबाट पारित गरी खेल मैदानका लागि जग्गा छनोट र निर्माण प्रक्रिया अघि बढाएको बताए ।
Next Post
लोकप्रियको रक्तदानमा ३८ जनाले गरे रक्तदान
२० भाद्र २०७५, बुधबार १८:५६
सम्बन्धित
-
१८ फाल्गुन २०७६, आईतवार १८:३०
पीएम कप महिला भलिबल नेपालगञ्जमा शुरु
-
१९ असार २०७५, मंगलवार १३:११
बाँकेको ‘कर्णाली’ नरैनापुरको नेपालगन्जसंग सडक सम्पर्क बिच्छेद भयो
-
२४ फाल्गुन २०७८, मंगलवार १३:५७
नेपालगञ्ज–१८ मा धमाधम सडक शिलान्यास हुँदै
-
६ पुष २०७९, बुधबार १३:१२
छैठौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा
-
३० चैत्र २०७३, बुधबार १९:२३
बाँकेको बेलहरी खुला दिसामुक्त घोषणा (फोटो कथा सहित )
-
१२ कार्तिक २०८०, आईतवार १३:४६
अठार वर्षअघि निर्माण शुरु गरिएको सिक्टा सिँचाई अधुरै