सदरलाइनडटकम,
काठमाण्डौ : हङकङसँग पराजित भऐपछि नेपाल एशिया कप छनौटबाट बाहिर भएको छ । मलेशियाको राजधानी क्वालाम्पुरको ओभल मैदानमा जारी एसीसी क्वािलफायरमा नेपाल अन्तिम खेलमा पराजित भएपछि बाहिर भएको हो ।
हङकङले नेपाललाई तीन विकेटले पराजित गरेको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य हङकङले ७ विकेट गुमाउँदै साढे ३२ ओभरमै लक्ष्य भेटाएको थियो । नेपालले बलिङको राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा कमजोर हुँदा पभेलियन फर्किनु परेको हो ।
छनौट खेलमा सहभागी मलेशिया र सिंगापुर यसअघिनै घर फर्किसकेका थिए । एशिया कपको फाइनलमा ओमान, युएइ र हङकङमध्ये दुई टीम पुग्ने छन् ।


