खल्डामुक्त सडक बनाउँदै कार्यबाहक मेयर रिजाल

१२ भाद्र २०७५, मंगलवार १९:०१
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख प्रमोद रिजालले सुर्खेतरोडका खाल्डाखुल्डी टाल्ने अभियान थालनी गरेका छन् । विकासको काममा सधैँ अग्रसर रहँदै आएका रिजाल नगर प्रमुखको कार्यबाहक जिम्मेवारी पाएलगत्तै सुर्खेतरोडलाई खाल्डामुक्त बनाउने अभियान थालेका हुन् ।
मेयर डा. धवलशम्शेर राणाले मंगलबारदेखि लागु हुने गरि वडा नम्बर १ का वडाध्यक्ष रिजाललाई कार्यबाहकको जिम्मेवारी दिएका हुन् । जनप्रतिनिधी आएको एकवर्षभन्दा भढी समय भईसक्दासमेत प्रमुखले कुनै वास्ता नगरेपछि कार्यबाहक भएलगत्तै सडकलाई खल्डारहित बनाउने अभियान आफ्नो पहिलो प्राथमिकता रहेको रिजालले बताए ।
उपमहानगरपालिकाका ईञ्जिनियर सुरज शर्मासहित सुर्खेतरोड अनुगमनमा निस्केका रिजालले प्राविधिक प्रतिवेदन तयार पारी तरुन्त काम शुरु गर्न निर्देशन दिए । खानेपानीको पाइप फुटेर सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको सम्भावना रहेको, सहज आवागमनमासमेत कठिनाई भएपछि कार्यवाहक मेयर रिजालले खानेपानी कार्यालयकोसमेत ध्यानाकर्षण गराउँदै काम शुरु गर्न लगाए ।
खानेपानी कार्यालयको प्राविधिक टोलीले पाइप लिकेज भएका ठाउँको मर्मतसमेत गरेको छ । बुधवार विहानबाट जमुनाहादेखि राँझासम्मका सडकलाई खाल्डामुक्त बनाउने तयारी थालिएको कार्यबाहक मेयर रिजालले बताए ।

Next Post

मानव बेचबिखन बिरुद्ध क्रियाशिल हुनुपर्नेमा जोड

१२ भाद्र २०७५, मंगलवार १९:०१
सदरलाइनडटकम, गुलरिया (बर्दिया) : मानव बेचबिखन न्युनिकरणका लागि थप समन्वय र क्रियाशसलता बृद्धि गर्नुपर्नेमा जोड दिईएको छ । बर्दियाको गुलरियामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र माइती नेपाल बर्दियाको आयोजनामा भएको जिल्लास्तरीय अन्तरक्रियामा सम्बन्धित सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर चौधरीले मानव […]

सम्बन्धित