बिद्युतीय अपराधमा सुर्खेतमा एक पक्राउ

१० भाद्र २०७५, आईतवार १८:४४
 
hand in jail

सदरलाइनडटकम,
सुर्खेत : आफ्नो फेसबुक पेजबाट एक महिलालाई अश्लील तस्बिर पठाएको आरोपमा सुर्खेतमा एक युवक पक्राउ परेका छन् । अश्लील तस्बिर पठाएको आरोपमा लेकबेंसी नगरपालिका ७ का टीकाराम खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
खडकाले आफुलाई अश्लील तस्बिर पठाएको प्रहरीमा निवेदन दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक श्यामसिंह चौधरीले बताए । खड्कालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार विद्युतीय माध्यमबाट अश्लील तस्बीर वा चित्र देखाएमा यौन दुर्व्यवहार मानिने छ । आरोप प्रमाणित भए तीन वर्ष कैद र ३० हजार जरिवाना अथवा दुबै सजाय हुनसक्ने ऐनमा उल्लेख छ ।

Next Post

उच्च अदालत बार नेपालगन्जको चुनावी माहोल तातियो

१० भाद्र २०७५, आईतवार १८:४४
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उच्च अदलात बार एशोसिएशनको चुनावी माहोल तातिँदै गएको छ । यही भाद्र १६ गते हुने निर्बाचनका लागि कानुन ब्यबसायीहरु दुई समूह बनाएर चुनाबी मैदानमा छन् । निर्वाचन मिति नजिकिए सँगै दुवै समूह मतदाता घरदैलो अभियान जारी राखेका छन् । प्रगतिशिल पेशागत कानून ब्यावसायी समूहले आइतवार पत्रकार सम्मेलन […]