महेन्द्रनगरको कर्फ्यु हट्यो, वार्ताको वातावरण बनाईंदै

८ भाद्र २०७५, शुक्रबार १५:१०
 

सदरलाइनडटकम,
काठमाण्डौ : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्ने बताएका छन् । आन्दोलनका क्रममा घाइते भएका अर्जुन भण्डारीलाई शुक्रवार त्रिभुवन शिक्षण अस्पतालमा भेट्दै उनले यस्तो बताएका हुन् ।
बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाई कारबाहीको मागसहित आन्दोलन गर्दा भण्डारासहित कयौं आन्दोलनकारी घाइते भएका थिए ।
कर्फ्यु हट्यो, वार्ताको वातावरण बनाईंदै
कञ्चनपुरको महेन्द्रनगरमा बिहीवार लगाइएको कर्फ्यु शुक्रवार विहानबाट हटाइएको छ । बालिका पन्तको हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै प्रदर्शनकारीहरुको आन्दोलन उग्र भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो ।
महेन्द्रनगर बजार शुक्रवार विहानदेखि शान्त हुँदै गएकोले कर्फ्यु हटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
जिल्लाका प्रहरी र प्रशासनिक अधिकारी परिवर्तन गरेपछि वार्ताको वातावरण बनिरहेको गृहमन्त्रालयले जनाएको छ । त्यहाँ पुगेका नयाँ प्रहरी उपरीक्षक कडायतले पीडित परिवार, आन्दोलनकारी र सरकारबीच वार्ताको वातावरण बनाईरहेकोले छिट्टै वार्ता गरी समस्या समाधान गरिने गृहको अपेक्षा रहेको छ ।

Next Post

भारी वर्षाले अमेरिकाका दुई शहरमा आपातकाल घोषणा

८ भाद्र २०७५, शुक्रबार १५:१०
सदरलाइनडटकम, काठमाण्डौ : भारी वर्षा र आँधीका कारण अमेरिकामा आपातकाल घोषणा गरिएको छ । बर्षाका कारण हवाई राज्यमा हजारौं जना विस्थापित भएपछि आपातकाल घोषणा गरिएको हो । लगातारको वर्षाले बाढी र पहिरोमा परि सयौं घर डुबानमा परेका छन् । ह्वाई लगायत अलोहा शहर डुबानमा परेकाले त्यहाँका सबै शिक्षण संस्था बन्द गरिएका […]

सम्बन्धित