कञ्चनपुर घटनाको छानबिन गर्न समिति गठन

७ भाद्र २०७५, बिहीबार १७:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुर घटनाको छानबिन गर्न गृहमन्त्रालयले बिहीवार समिति गठन गरेको छ । भीमदत्तनगरपालिका २ की १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव हरि मैनालीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
जिल्लाका प्रशासनिक अधिकारी मन्त्रालय तानिए
उता गृहमन्त्रलायले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई तानेर तारानाथ अधिकारीलाई जिल्लाको जिम्मेवारी दिएको छ ।
यस्तै कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह विष्टलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराउन गृहले निर्णय गरेको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक कुवेरसिंह कठायतलाई जिल्ला प्रहरीको जिम्मेवादरी दिइने मन्त्रालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर सेठीलाई प्रधान कार्यालयमा हाजिर गराई प्रहरी उपरीक्षक कृष्णराज ओझालाई कञ्चनपुर पठाइएको प्रहरी बरिष्ठ उपरीक्षक सैलेश थापाले बताए ।
बालिका निर्मला पन्तको सक्कली हत्यारा पत्ता नलागेको भन्दै स्थानीयवासीको प्रदर्शन उग्र भएपछि बिहीवार महेन्द्रनगरमा कर्फ्यु लगाइएको ।

Next Post

कोमल ओलीको ‘फेरि तीज आयो बाबा...’ तीजगीत सार्वजनिक

७ भाद्र २०७५, बिहीबार १७:५४
सदरलाइनडटकम नेपालगन्ज    :  राष्ट्रिय सभा सांसद तथा चर्चित गायिका कोमल ओलीको स्वरमा सन्देशमुलक तीज गीत ‘फेरि तीज आयो बाबा’ बिहिवार सार्वजनिक गरिएको छ । हिन्दू महिलाह?को महान पर्व तीजलाई लक्षित गरी तयार पारिएको गीत म्युजिक नेपालले युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो । स्वाभिमान महिला समुह बाँसगढी बर्दियाको दोस्रो प्रस्तुतीको […]