सदरलाइनडटकम,
दाङ : सर्पले टोक्दा दाङमा एक बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घरमा सुतिरहेको बेला तुलसीपुर १२ का १२ बर्षीय राजु चौधरीलाई आईतवार बिहान सर्पले टोकेको थियो ।
सर्पको टोकाईबाट सिकिस्त भएका उनलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उपचाका क्रममा चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यस्तै सर्पको टोकाईबाट दाङ शान्तिनगर गाउँपालिकाका एक बालक घाइते भएका छन् । घरमा वडा नं. २ बाघमारेस्थित घरमा बसिरहेका १२ बर्षीय युवराज वलीलाई सोमवार बिहान सर्पले टोकेको हो ।
राप्ती अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको दाङ प्रहरीले बताएको छ ।
Next Post
अफगानिस्तानमा डेढसय जना अपहरित
४ भाद्र २०७५, सोमबार १६:२३
सम्बन्धित
-
२८ चैत्र २०७७, शनिबार १५:४८
रेडपाण्डाको छालासहित बाँकेमा ४ जना पक्राउ
-
२७ आश्विन २०८०, शनिबार १५:१५
नेपालगञ्जमा दिउँसो सामान लोड र अनलोड गर्न नपाइने
-
१० बैशाख २०८०, आईतवार १३:३७
लुम्बिनी प्रदेश सरकारको सय दिन अलमलमै बित्यो
-
२३ बैशाख २०७६, सोमबार १९:५४
नेपालगञ्जको रामलिला मैदानमा सन्त निरंकारी सत्संघ हुँदै
-
२६ माघ २०७५, शनिबार १५:३९
पत्रकार महासंघले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने
-
१२ मंसिर २०७४, मंगलवार १९:५६
संघिय समाजबादी फोरमका उम्मेदवार राई गाउ शहर गर्दै मतदाता रिझाउदै