सदरलाइनडटकम,
काठमाण्डौ : आफ्नै निवासमा हत्या गरिएको अवस्थामा भेटिएका पूर्वराजदूत केशव झाको हत्याअभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ८० वर्षीय झाको टाउकोमा चक्कुले हानेको अवस्थामा सोमवार बिहान शव भेटपछि सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नयाब उपरीक्षक मोहनकुमार थापाले बताए ।
शव आफ्नै कोठामा शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान शुरु गरिएको थापाले जानकारी दिए । पूर्वराजदूत झाको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । झा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए ।
Next Post
सर्पले टोक्दा दाङमा बालकको मृत्यु, एक घाईते
४ भाद्र २०७५, सोमबार १५:२०
सम्बन्धित
-
८ फाल्गुन २०७९, सोमबार १३:५०
बाँकेका पर्यटन व्यवसायीको बाह्र बुँदे माग
-
२९ आश्विन २०८०, सोमबार १८:२२
खजुरामा स्कुल बस पल्टिदा एकको मृत्यु ८ घाइते
-
२८ माघ २०७९, शनिबार १७:३७
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा
-
२५ बैशाख २०८०, सोमबार १३:५३
भारतमा कोरोना फैलिएसँगै जमुनाहा नाकामा सतर्कता
-
४ चैत्र २०७६, मंगलवार १७:२२
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई
-
१५ भाद्र २०७९, बुधबार १४:२३
बाँकेमा बुधवार २ संक्रमित थपिए