सडक प्रयोग गरेबापत शुल्क लिने नेपालगन्ज उपमहानगरको तयारी

३१ श्रावण २०७५, बिहीबार १९:१५
 

सदरलाइनडटकम/
यदुराज मिश्र, नेपालगन्ज : सडक प्रयोग गरेबापत सर्वसाधारणले शुल्क तिर्नुपर्ने भएको छ । यातायात व्यवस्थित गर्ने नाममा नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणसँग शुल्क लिने भएको हो । उपमहानगरले नेपालगन्जका विभिन्न सडक छेउमा पार्किङस्थल तोकेर रकम असुली गर्ने भएको छ । नगरको ५० ठाउँमा पार्किङ्ग स्थल तोकेर कर लिन लागेको प्रशासकिय अधिकृत तोयनारायण सुवेदीले बताए । उनका अनुसार पार्किङस्थलका लागि टेण्डरसमेत आव्हान गरिएको छ ।
‘भदौंमा टेण्डर प्रक्रिया पूरा भएर ठेक्कामा जान्छ,’ उनले भने, ‘सवारी साधन पार्किङ गरेबापत ठेकेदारले निश्चित शुल्क लिनेछ ।’
उपमहानगरले ट्रक पार्किङ्गका लागि तीन स्थान तोकेको छ । सुर्खेतरोडको मनिकापुर तथा काराकाँदो क्षेत्रमा ट्रक पार्किङ्गका लागि स्थान तोकिएको उपमहानगरपालिकाले जनाएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पर्किङ्ग क्षेत्र छुट्याइएको छ । ‘उक्त नियम कडाईका साथ लागू गरिनेछ,’ प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने ।’ उपमहानगरपालिकाले ५० ठाउँको पार्किङ्ग ठेक्काको न्यूनतम मूल्य २५ लाख रुपैयाँ राखेको छ ।
सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि ब्यवस्था गरिएको छ । पार्किङ्ग सेवा दिए बापत ठेकेदारले मोटरसाइकलको १०, जीपकारको २० र ट्रकको ४० रुपैयाँ लिने भएका छन् । यातायात साधनको दोहोरो कर तिर्नुपर्ने बाध्यता आएको सर्वसाधारणको गुनासो छ । सडकमा सवारी चलाएबापत यातायात कार्यालयमा कर तिरेपनि उपमहानगरपालिकाले सवारी साधन ब्यवस्थित गर्ने बहानामा सडकको कर लिन खोजेकोले सर्वसाधारण दोहोरो करको मारमा पर्ने स्थानीयले गुनासो गरेका छन् ।
सडकमा पार्किङ स्थल बनाउँदा बाटो साँघुरो हुने र यसले ट्राफिक ब्यवस्थापनमा झनै समस्या निम्त्याउने खतरा भएको सर्वसाधारणको भनाई छ । सडकमै पार्किङ स्थल तोकेर सर्वसाधारणबाट पैँसा असुल्नु सरासर गलत हो,’ तत्कालिन एमाले बाँकेका सचिव रत्न खत्रीले भने, ‘सवारी साधनलाई ब्यवस्थित बनाउने नाममा हाई–वे मै पार्किङ स्थल बनाउँदा ट्राफिक ब्यवस्थापनमा झनै समस्या निम्तिने खतरा छ ।’

Next Post

बाल मन्दिरको भवन जीर्ण

३१ श्रावण २०७५, बिहीबार १९:१५
डडेल्धुरा, करीब तीन दशक पहिले जिल्ला सदमुकामा निर्माण गरिएको एक मात्र बाल मन्दिर मर्मत सम्भार नहुँदा पूर्णरूपमा जीर्ण भएको छ । नेपाल बाल संगठनअन्तर्गत बाल मन्दिरका नाममा चार कोठा र एक बैठक कक्ष रहेको भवनको भित्री भाग चर्किनाका साथै छाना पनि भत्किएको छ । अपाङ्गता भएका सुस्तमनस्थितिका विद्यार्थी अध्ययन गरिरहेका […]

सम्बन्धित