तीन वर्षमा ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्रीको स्पष्टोक्ति

२९ श्रावण २०७५, मंगलवार १६:५०
 

सदरलाइनडटकम,
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले गत तीन वर्षयता नेपालमा चार हजार किलो सुन तस्करी भएको बताएका छन् । संघीय संसद् दिगो विकास तथा सुशासन समितिको बैठकमा मंगलवार बोल्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्नहरुमाथि कारबाहीसमेत गरिएको बताए । उनले ३३ किलो सुन तस्करीको छानबिनका लागि गठित समितिले मुख्य आरोपीलाई छानबिनको दायरामा ल्याएको दाबी गरे ।
सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दाबी गर्दै गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरी संरचना निर्माणको काम अघि बढाइएको जानकारी दिए । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै उनले अब त्यसो हुन नदिने प्रतिबद्धतासमेत जनाएका छन् ।

Next Post

कर विवाद छिट्टै समाधान गरिने अर्थमन्त्रीको दाबी

२९ श्रावण २०७५, मंगलवार १६:५०
सदरलाइनडटकम, काठमाडौं  : अर्थमन्त्री युवराज खतिवडाले करबारे देखिएको विवाद छिट्टै समाधान गर्ने दाबी गरेका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले जनतालाई करको मारमा नपार्ने बताए । उनले भने, ‘सरकार यसबारेमा सचेत छ, सार्वसाधारणलाई करको मारमा पार्दैनौं ।’ कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धी निर्णय लिएको भन्दै अर्थमन्त्री […]