२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

तराई जनतान्त्रिकका अध्यक्ष भगतसिहले नेपालगन्ज कारगारमै पुगेका ५ नं. प्रदेशका कानूनमन्त्री केसीलाई भने : हामीसंग धोका भो ! (भिडियो सहित)



सदरलाइन / रुद्र सुवेदी
नेपालगन्ज : प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले मंगलबार नेपालगन्ज कारागारमा रहेका तराई जनतान्त्रिक मुक्ति मोर्चा (भगतसिंह) समुहका केन्द्रीय अध्यक्ष भगतसिहसंग आगन्तुक भेट्ने कक्षमा भेटेका छन् ।
मन्त्री केसीे नेपालगन्ज कारागारमा रहेका कैदीबन्दी र थुनुवाको सेवा सुविधा तथा उनीहरुको अवस्था बारे बुझ्नको लागि स्थलगत अवलोकनमा आएको बेलामा सिंहले आफुहरु माथि राज्यले धोका दिएको बताएका हुन ।
सो अवसरमा भगत सिंहले भने–‘राज्यले हामी माथि धोका गर्यो पटक–पटक बार्ता गरी युद्धविरामको अवस्थामा पक्राउ गरेर मुद्दा चलाईयो हाम्रो मुद्दा राजनीतिक मुद्दा हो तर पनि राज्यले जबरजस्ती फसाउने नियतलले पक्राउ गरेर मुद्दा चलायो ।’
उनले शान्ति सम्झौताको लागि बार्ता गरी हतियार समेत बुझाएको अवस्थामा आफुलाई प्रहरीले पक्राउ गरेको बताउदै संविधान समेत जारी भएको अवस्थामा चाँडो आफुहरुसंग भएका सम्झौता कर्यान्वयन गरी मुद्दा फिर्ता लिनुपर्ने माग राखे ।
प्रदेश सांसद कृष्णा केसी नमुनालगयता सुरक्षा निकायको साथमा पुगेका मन्त्री केसीले आफुले सो मुद्दाको बारेमा बुझेर समाधानको लागि पहल गर्ने बताएका थिए । भगतसिंह ४ बर्षदेखि सोही कारागारमा बन्दी जीवन बिताउदै आएका छन् ।

प्रकाशित मिति : २०७५ साउन २२ गते मंगलबार
ताजा समाचार