अवैधरुपमा भित्र्याइएको पटाका र चल्ला बरामद

१९ श्रावण २०७५, शनिबार १९:३१
 

सदरलाइन / यदुराज मिश्र  
नेपालगन्ज  : चाडपर्व नजिकिँदै गर्दा पटाका तथा पटाकाजन्य बस्तु नेपाल भित्रिन थालेको छ । भन्सार छलि नेपाल ल्याउँदै गरिएको पटाका सशस्त्र प्रहरीले शनिवार बरामद गरेको छ । सशस्त्र प्रहरी बल, राजस्व तथा भन्सार सुरक्षा गुल्मले सात हजार मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर चौधरीले अनार, रेकट, सुतली, झिरझिरे लगायतका पटाका बरामद गरि नष्ट गरिएको बताए । जमुनहास्थित सशस्त्र प्रहरी नायव निरीक्षक यादबहादुर नेपालीको नेतृत्वमा रहेको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पटाकालाई नेपालगन्ज उपमहानगरपालिका–१७ का वडा अध्यक्ष, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको उनले जानकारी दिए ।
यस्तै भारतबाट अवैधरुपमा भित्र्याइएको कुखुराको चारसय गोटा चल्ला सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरले बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक विर्ता सिंह थापाको नेतृत्वमा शनिवार गएको गस्ती टोलीले २५ हजार मूल्य बराबरको वोयलर कुखुराको चल्ला बालेगाउँबाट बरामद गरेको हो ।
बरामद गरिएको चल्ला पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक चौधरीले बताए । सशस्त्र प्रहरीले चौलिक्का चोकबाट साउन २ गते यता ३५ हजार चार सय मुल्य बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।

Next Post

२० साउन २०७५ आइतवारको राशिफल

१९ श्रावण २०७५, शनिबार १९:३१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी […]