सदरलाइनडटकम
दाङ : दाङमा दश बर्षीया अपाङ्ग बालिका बलात्कृत भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनाकी एकजना अपाङ्ग बालिकामाथि बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ बस्ने ३५ बर्षीय तेजबहादुर बस्नेतलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीले बताए ।
साउन १० गते विहान करीब ११ बजे घरमा कोही नभएको मौका छोपी बस्नेतले ती बालिकालाई बलात्कार गरेको अभियोगमा फक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।


