सदरलाइनडटकम
कञ्चनपुर : जंगली जनावरको सुरक्षाका लागि राष्ट्रिय निकुञ्जमा लगाइएको सीसी क्यामेराका कारण चोरी शिकारी नियन्त्रण भएको पाइएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जडान गरिएको सीसी क्यामेराले गर्दा बन्यजन्तुको चोरी शिकारी नियन्त्रण भएको पाइएको हो ।
शिकारीले प्रवेश गर्नसक्ने निकुञ्जको विभिन्न चोर बाटोमा क्यामेरा जडान भएपछि संरक्षित वन्यजन्तु मात्र नभई दुर्लभ जडीबुटी र काठ तस्करीसमेत नियन्त्रण भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
जेडएसएल नेपालको सहयोगमा चोरी शिकार हुनसक्ने सम्भावित नाकामा १२ वटा सीसी क्यामेरा जडान गरिएको हो । क्यामेरामार्फत निगरानी गर्न थालेपछि चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले बताएको छ ।
