अघि बढ्यो ‘आफ्नो गाउँ आफैं बनाऔं अभियान : ककनी–५ का युवाको उदाहरणीय पहल

सदरलाइन संवाददाता १७ श्रावण २०८३, आईतवार १७:५४
 
समाचार सारांश
Generated Using AI
  • नुवाकोटको ककनी गाउँपालिका–५ का युवाहरूले “आफ्नो गाउँ आफैं बनाऔं” अभियान सञ्चालन गर्दै गाउँको सरसफाइ, वृक्षारोपण र वातावरण संरक्षणका कार्यक्रम अघि बढाएका छन्।
  • स्थानीय स्रोत, श्रमदान र सामुदायिक सहकार्यबाट गाउँलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउने अभियानले सामाजिक एकता र स्वयंसेवाको भावना सुदृढ बनाएको छ।
  • युवाहरूले अन्य स्थानीय तहलाई पनि यस्ता रचनात्मक अभियान सञ्चालन गर्न आग्रह गर्दै ककनी–५ लाई नमुना गाउँ बनाउने लक्ष्य लिएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
ककनी,(नुवाकोट) : नुवाकोटको ककनी गाउँपालिका–५ का युवाहरूले गाउँको विकास र सरसफाइलाई प्राथमिकतामा राख्दै “आफ्नो गाउँ आफैं बनाऔं“ अभियान सञ्चालन गरेका छन् ।
अभियानअन्तर्गत स्थानीय युवा स्वयंसेवकहरूले गाउँका सडक, सार्वजनिक स्थल, मठमन्दिर तथा सामुदायिक क्षेत्रको सरसफाइ, वृक्षारोपण, वातावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवाहरूको सक्रिय सहभागिताले गाउँलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।
स्थानीय बासिन्दाले युवाहरूको यस अभियानको प्रशंसा गर्दै यसले सामाजिक एकता, स्वयंसेवा र सामुदायिक विकासको भावना थप बलियो बनाएको बताएका छन् ।
अभियानमा सहभागी युवाहरूले सरकारी निकायको मात्र प्रतीक्षा नगरी स्थानीय स्रोत, श्रमदान र सामुदायिक सहकार्यबाट गाउँको विकास सम्भव रहेको सन्देश दिएका छन् । उनीहरूले अन्य वडा तथा स्थानीय तहलाई पनि यस्ता रचनात्मक अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
“आफ्नो गाउँ आफैं बनाऔं“ अभियानले युवाको नेतृत्वमा सामुदायिक विकास, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्दै ककनी–५ लाई नमुना गाउँ बनाउने दिशामा सकारात्मक सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *