Sadarline
२०८३ असोज २६ , सोमबार

सिक्टा सिचाई आयोजनाबाट किसान लगत संकलन सुरु



नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाले सिंचित क्षेत्रका उपभोक्ता किसानहरुको लगत आध्यावधिक गर्नका लागि छलफल सुरु गरेको छ ।

आयोजनाले पश्चिम मुलनहर अन्तरगत पेडारी, प्रसेनीपुर, गोहवालगायतका शाखा, उपशाखाका जल उपभोक्ता किसानको लगत संकलनका लागि स्थानीय जनप्रतिनिधिको रोहवरमा किसानसंग छलफल सुरु गरेको हो ।

पेडारी शाखाको उपभोक्ता तथा बैजनाथ ७ वडा अध्यक्ष दिनेश थारुले सिक्टा सिचाई निर्माणको क्रममा यहाँका किसान ३ खेती गर्न सक्षम भएको र किसान लागत संकलन गरिदा यसले किसानको हित हुने बताए ।

उनले आयोजनाले किसान लगत संकलनको लागि किसानको घरदैलोमा लगत संकलनकर्ता पुग्दा आफ्नो लगत उपलब्ध गराउन अनुरोध समेत गरे । ‘किसानको लगत आयोजनासंग भएमा आयोजनाले पनि कति पानी किसानलाई आवश्यक हुन्छ त्यहि आधारमा नहरमा पानी दिन सजिलो हुने भएकोले लगत उपलब्ध गराउनु होला’ उनले भने ।

सिक्टा सिचाई आयोजनाका प्रमुख राजु आचार्यले आयोजनाको आगामी योजन निर्माणमा सहज होस भनेर आयोजनाले सिंचित क्षेत्रका उपभोक्ता किसानहरुको लगत संकलन गरिरहेको जनाकारी दिए । उनले पूर्व नहरको किसान लगत संकलन करिव अन्तिम चरणमा पुगेको र पश्चिम नहरमा संकलन सुरु गरिएको बताए ।

किसान लागत संकलन कार्यक्रमा आयाजनाका सिनियर डिई नविन पैडेलले उदेश्य माथि प्रकाश पारेका थिए । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाका पूर्वी नहरबाट ९ हजार हेक्टर पश्चिम नहरबाट ३३ हजार ७ सय ६६ हेक्टर सतही सिचाई प्रणलीबाट सिचाई गर्ने उद्देश्य रहेको छ । आयोजनाले हालसम्म करिव २५ हजार हेक्टरमा सिचाईको पानी पुराई सकेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार
ताजा समाचार