सदरलाइन / गीता आचार्य
नेपालगन्ज : पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको शम्शेरगन्ज कुशुम सडकखण्डमा पर्ने बाँके राष्ट्रिय निकुञ्जको ओभरी चेकपोष्ट नजिकै यात्रुबाहक बसको ठक्करबाट शुक्रबार बिहान एउटा बदेल मरेको छ ।
नेपालगन्जबाट नारायणघाटका लागि छुटेको ना ६ ख ६१८५ नम्वरको बसले विहान पौने ९ बजेतिर निकुञ्जको चेकपोष्टबाट ३ किलोमिटर पूर्व बाटो क्रस गर्ने क्रममा रहेको बदेललाइ ठक्कर दिएर मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले जानकारी दिए ।
सो बसको ठक्करबाट करिव ३० किलोको बदेल मरेको उनले बताए । घटनामा संलग्न रहेको बस र त्यसको चालकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको प्रमुख संरक्षण अधिकृत पूर्जा पुनले बताए । (प्रशिक्षार्थी)
फोटो : रेडियो सद्भावको पेजबाट साभार