विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

२२ असार २०७५, शुक्रबार ११:५६
 

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ ।

 


फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।

क्वाटर फाइनलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।

Next Post

विद्यार्थीको अनशन जारी

२२ असार २०७५, शुक्रबार ११:५६
सुर्खेत, कर्णाली प्रदेशको जुम्लामा डा. गोविन्द केसी अनशनरत रहेकै बखत सुर्खेतमा पनि इन्जिनियरिङ्ग विद्यार्थीको भविष्य सुरक्षाका लागि विद्यार्थीहरू अनशन बसेका छन् । पछिल्लो आन्दोलन अन्तर्गत असार ५ गते इन्जिनियरिङ्ग संकायमा विद्यार्थीहरुले स्वायत्त इन्जिनियरिंग क्याम्पसको माग गर्दै तालाबन्दी गरेका थिए । सबै शान्तिपूर्ण आन्दोलनको क्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानीमा लगाइएको […]