२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सवा दुईलाखसहित कोहलपुरमा पाँच जुवाडे पक्राउ



सदरलाइनडटकम 
कोहलपुर (बाँके) : प्रहरीले कोहलपुरको चपरगौडिबाट जुवा खेल्दै गरेका पाँच जुवाडेलाई सवा दुईलाख सहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार प्रहरीले होटल वेष्टर्न रिभर साईड चपरगौडीको कोठामा जुवा खेलि रहेका ५ जना जुवाडेको साथबाट २ लाख, २५ हजार २ सय नगद र खेलिरहेको तासको गड्डी समेत बरामद गरेको हो ।
पक्राउ परेका पाँच जना जुवाडेको बारेमा अनुसंधान हुँदै गरेको जनाए पनि उनीहरुको पहिचान भने प्रहरीले लुकाएको छ । उनीहरुमाथि प्रहरीले जुवा ऐन अनुसार कारबाही हुने जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार १९ गते मंगलबार
ताजा समाचार