खजुरामा कम्प्युटर तालिमको समापन

१६ असार २०७५, शनिबार १९:०२
 

सदरलाइनडटकम
खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाका वडानं. ३ र ४ का युवालाई लक्षित गरी सञ्चालन गरिएको तीन महिने आधारभुत कम्पयुटर तालिम तथा कम्प्युटर अपरेटर तयारी कक्षा समापन भएको छ ।
खजुरा गाउपालिका वडानं. ३ र ४ को आर्थिक सहयोग तथा रेडिकल कम्प्युटर सेन्टरको आयोजनामा सुरु भएको सो तालिमको शनिवार समापन गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले तालिममा सिकेको कुराहरुलाइ व्यवहारमा उतार्नका लागि सुझाव दिए ।
उनले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले प्रगती गर्न नसक्ने बताए ।
यस्तै उपाध्यक्ष एकमाया विकले लगानी ठूलो कुरा नहुने तर, त्यस लगानीले जीवनमा कति प्रभाव पा¥यो भन्ने कुरा नै ठूलो हुने बताइन् । उनले कम्युटर सम्बन्धी सिकेका कुरालाइ जग बनाएर रोजारीमा उभिन सुझाव दिईन ।
वडानंं. ३ का अध्यक्ष कान्तुराम गौतमले जेहेन्दार, गरिब तथा दलित युवाहरुलाइ लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले आफनै ठाउँमा पनि रोजगार सम्भव भएको भन्दै सुरुमा आफुलाई निखार्न सुझाव दिए ।
यस्तै वडानं. ४ का अध्यक्ष तिलकबिर सुनारले आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने आश्वासन दिए । तीन महिने अवधिमा सिकेका कम्प्युटरका सिकाइलाई विचमै नछोड्न आग्रह पनि उनले गरेका छन् । कार्यक्रम रेडिकल कम्प्युटर सेन्टरका प्रमुख होम दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । दुवै वडाका ५५ जनालाई तालिम दिइएको थियो ।

Next Post

ईमेश श्रेष्ठ भए ‘मिस्टर वडानं.४’

१६ असार २०७५, शनिबार १९:०२
सदरलाइनडटकम  नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडानंं.४ ले वडा स्तरिय प्रथम ‘मिस्टर वडानं.४’ शारिरिक सुगठन प्रतियोगिताको आयोजना गरिएको छ । सो प्रतियोगितामा गोल्ड जिमका इमेश श्रेष्ठले मिस्टर वडाको उपाधि जितेका छन् । ५५ केजी समुहमा गोल्डका योगेन्द्र आले प्रथम, फ्रेन्डसीप क्लबका गोविन्दप्रसाद गुप्ता द्वितीय र गोल्डका विधान जोशी तृतीय भए । […]

सम्बन्धित