प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

१९ जेष्ठ २०७५, शनिबार १८:२८
 


सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज :  पहिलो पटक प्रदेश नम्बर ५ को दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवारदेखि नेपालगन्जमा सुरु भएको छ । प्रदेश सरकारकी कृषी तथा सहकारी मन्त्री आरती पौडेलले प्रतियोगिताको उद्घाटन गरिन ।
प्रतियोगिताको उद्घाटन गर्दै कृषि मन्त्री पौडेलले पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरिय प्रतियोगिताले सबै जिल्लाका नागरिकहरुलाई भावनात्मकरुपमा जोड्ने काम गरेको बताईन । प्रदेश सभाषद कृष्णा केसी नमुनाले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकारसंग आफुले कुरा राख्ने बताईन ।
शनिबारबाट सुरु भएको प्रतियो बर्दिया, बाँके, दाङ्ग, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखांची, पाल्पा, रुपन्देही, पश्चिम नवलपरासी, पुर्वी रुकुम जिल्लाबाट प्रत्येक जिल्लाबाट ७२ खेलाडी, ६ प्रशिक्षक, एक टोली नेता सहित ९ सय ४८ खेलाडी सहभागि भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशस्तरिय खेलले प्रर्बधन गर्ने पनि बताए ।

Next Post

सक्रिय नेकपा

१९ जेष्ठ २०७५, शनिबार १८:२८
सदरलाइनडटकम १९ जेठ, नेपालगन्ज :  नेपाल कम्युनिष्ट पार्टी गठन भएस“गै स्थानीय तहमा एकता वैठक तथा कार्यक्रम सुरु भएका छन् । बाँकेको जानकी गाउ“पालिकामा तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र निकट अगुवा कार्यकर्ताको एकता वैठक शनिवार सम्पन्न भएको छ । वैठकले पार्टी एकताको सन्देश र नामाकरण सर्वसाधारण जनतासम्म पु¥याउने र विकास […]