सदरलाइनडटकम
१ जेठ, नेपालगन्ज : नेपालगन्जमा जारी मेयरकप अन्तर विद्यालय फुटवल प्रतियोगिताकोे सिनियरतर्फ खेलमा नेपालगन्जको जिभीएन कलेज र जनज्योति मावि कोहलपुर बिजयी भएका छन । जिभिएनले नेपालगन्ज मोडेललाई १ को बिरुद्ध २ गोलले पराजित गरेको थियो ।
जिभिएनको तर्फबाट विशाल थापाले २ गोल गरेका थिए भने नेपालगन्ज मोडेलको तर्फबाट निरज बुढाले १ गोल फर्काएका थिए ।
सिनियर तर्फकै अर्को खेलमा जनज्योति माबिले होप ईन्टरनेशनललाई टाईब्रेकरमा ५–३ ले पराजित गरेको छ । निर्धारित समय भित्र दुबै टोली बीच कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुग्यो ।
टाईब्रेकरमा जनज्योति माबिका सबै प्रहारलाई गोलमा परिणत गरे भने होपका खेलाडीहरुले ३ गोल मात्र गर्न सके र नतिजा जनज्योतिको पक्षमा गयो ।
यसैगरी मंगलबार बिहान भएको जुनियर तर्फको खेलमा अमर मावि सीगाँउ र जनज्योति मावि कोहलपुर नेपालगन्जमा जारी मेयरकप अन्तरबिद्यालय फुटबलको सेमीफाईनलमा प्रवेश गरेका छन ।
बिहान सम्पन्न १४ बर्ष उमेर मूनिको पहिलो खेलमा मुनतारा हाईस्कुल राँझालाई शून्यको बिरुद्ध १ गोलले पराजित गर्दै अमर माबि सेमीफाईनलमा प्रवेश गरेको हो । अमर माबिका धिरेन सुनारले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो खेलमा सगरमाथा हाईस्कूल कारकादोंले जनज्योति माबि कोहलपुरलाई १–० ले पराजित गरेपनि नियम बिपरित खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि जनज्योति माबि बिजयी घोषित हुदैं सेमीफाईनलमा प्रवेश ग¥यो । त्यसै गरि यु–१६ गर्लसमा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । बुधबारदेखि छात्राहरुको खेल शुरु हुने आयोजकले जनाएको छ ।