सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज : ‘नेपालगन्ज क्रिकेट कप’ सोमबारदेखि शुरु भएको छ । कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन पुर्ब यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ब्याटिङ्ग गर्दै प्रतियोगिताको शुरुवात गरे ।
पौडेलले मिसन आठौै राष्ट्रिय खेलकुदलाई टेवा पु¥याउने र मैदानको स्तररोन्नति गर्ने कार्य भैरहेको र खेलाडीहरुको क्षमता बृद्धि बिकासका लागी यो प्रतियोगिताले मदत गर्ने बताए । प्रतियोगितामा ६ वटा टिम समावेश गरिएका छन ।
आर्शिवाद पेन्टस् नेपालगन्ज कप टी २० फरम्याटमा लिग गेम खेलाईन लागेको आयोजक ग्रीन ईभेन्टले जनाएको हो । टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिए ।
प्रतियोगितामा जीसान बांके ब्लास्टर,आर्शिवाद पेन्ट्स पाल्पा योद्याज,अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस,अर्जुन पाण्डेको दंगाली गोर्खाज,पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज,एयाब्रोल लुम्बिनी यात्रीज रहेका छन् । बैशाख ३ गते देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपालका लागि अन्तराष्ट्रिय खेल खेलेकाका राष्ट्रिय खेलाडी,तथा स्थानिय खेलाडीहरु खेल्दै छन् । प्रतियोगिताको विजेताले एक लाख दस हजार र उप विजेताले पचास हजार पुरस्कार राशि राखिएको प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डि शेर्पा,परिषद सदस्य उपेन्द्र पौडेल,नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरे , मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।