मेयर कप टि–२० क्रिकेट क्रिकेटमा एविसी फाइनलमा

१ बैशाख २०७५, शनिबार १९:४४
 

सदरलाइनडटकम  
१ बैशाख नेपालगन्ज  : नेपालगन्जमा जारी कलेजस्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा एबिसी रेसिडेन्सियल स्कुलले आफ्नो प्रतिद्वन्दी होप ईन्टरनेशनललाई पछाडि पार्दै फाइनलमा प्रवेश गरेको छ ।
मंगलप्रसाद उमाविको खेल मैदानमा शनिवार भएको खेलमा एविसीले होप ईन्टरनेशनललाई ३५ रनले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एविसि १७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।
एविसिका लागि सद्दाफ अन्सारीले ६३, शुभम विएमले १६ तथा विपिन्न गुप्ताले १४ रनको योगदान रहेको थियो । होपका वलर आशिष मल्लले ४ तथा अमित रशाईली र सागर विसीले दुई÷दुई विकेट लिए ।
१ सय ४७ रनको लक्ष लिएर जवाफी ब्याटिङमा आएको होपले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय १२ रन मै चित्त बुझाउदै ३५ रनलेपछाडि परेको थियो । होपका लागि सागर विसीले २२, कमल गुरुङ २१, आशिष मल्लले १६ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
एविसीका बलर सुन्नी सल्मानीले ३ तथा सद्दाफ अन्सारीले २ विकेट लिए । प्रतियोगितामा आईतवार एबिसी रेसिडेन्सियल र होलिल्यन्ड माविविच फाइनल खेल हुनेछ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा तथा जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा संचालित सो प्रतियोगितामा ६ वटा कलेजको सहभागिता रहेको छ ।

Next Post

नेपालगन्जमा मनाईयो राष्ट्रिय झण्डा दिवस (फोटो कथा सहित)

१ बैशाख २०७५, शनिबार १९:४४
सदरलाइनडटकम  १ बैशाख, नेपालगन्ज : अन्तरालको व्यवस्थापनमा नेपालगन्जमा राष्ट्रिय झण्डा दिवस मनाईएको छ । तीन वर्ष अगाडिदेखि बैशाख १ गते नेपालगन्जमा विभिन्न संघसंगठन तथा नागरिक अगुवा संगठनहरुको स्वस्फूर्त आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको हो । नेपालगन्जको रामलिला मैदानमा विषेश कार्यक्रममा आयोजना गरीयो । अन्तरालका कार्यकारी निर्देशक तथा कार्यक्रमका परिकल्पनाकार […]