भौतिक पूर्वाधारको काम धमाधम

१५ चैत्र २०७४, बिहीबार १४:५७
 


सदरलाइनडटकम
१५ चैत, नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित भौतिक पूर्वाधारको काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय प्रतियोगितालाई मध्ययनजर गर्दै यतिबेला नेपालगन्ज रंगशालामा पदाधिकारी, कर्मचारी र प्राविधिक मजदुरहरु निकै व्यस्त देखिएका
छन् ।
बिहिवार नेपालगन्ज रंगशालामा निर्माण भइरहेको अन्र्तराष्ट्रिय मापदण्डको पौडीपोखरीको क्षत ढलान भयो । केही दिन अघि मात्र ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले सुटिगं रेन्जको उद्घाटन
गरे । नेपालगन्जमा निर्माण भइरहेको अन्र्तराष्ट्रिय मापदण्डको पौडी पोखरीको काम निर्धारित समयमै पहिल्यै सक्ने लक्ष्य लिएको छ । पौडीपोखरीको काम सक्ने समय २०७६ असारसम्म भएपनि त्यसअघि नै सक्ने गरी काम भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिएका छन् । उनले अन्य भौतिक पुर्वाधारको काम पनि धमाधम भइरहेको जानकारी दिएका छन् ।
‘राष्ट्रिय प्रतियोगिता हुने आगामी मंसिर अगावै काम सक्ने लक्ष्य छ । अहिले त्यसै अनुसार काम भइरहेको छ ।’—ओलीले भने,—‘पौडीको राष्ट्रिय प्रतियोगिता पहिलो पटक मोफसलमै गर्ने आशा राखेका छौं ।’ नेपालगन्जमा निर्माण भइरहेको पौडी पोखरी राजधानी काठमाण्डौं पछिको दोस्रो हो । यो अन्र्तराष्ट्रिय मापदण्डको रहेको ओलीले जानकारी दिएका छन् ।

Next Post

कला चिनाउने अभियानमा सुदूरपश्चिम देश दौडाहमा

१५ चैत्र २०७४, बिहीबार १४:५७
सदरलाइनडटकम १५ चैत, नेपालगन्ज  :  सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले ‘साहित्यिक–साँस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान’ सुरु गरेको छ । सो टोलीले बिहिवार नेपालगन्जमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफुहरुले अभियान सुरु गर्नुको औचित्य र उद्देश्य बारे जानकारी गरायो । समाजका अध्यक्ष एवं मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीका अनुसार, अभियान कैलालीबाट […]