२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

पानी तान्ने मोटर विगारेको अभियोगमा छ वर्षिया बालिकालाई गोबर कोच्याईयो



सदरलाइनडटकम  
१३ चैत, कोहलपुर (बाँके) :  पानी तान्ने मोटर विगारेको भन्दै कोहलपुर नगरपालिका वडा नं. ३ मा  छ वर्षिया अवोध बालिकाको मुखमा भैसीको गोबर कोच्याईएको छ ।
कोहलपुर मदन चोकमा सोमबार साँझ खेल्दै गरेको अवस्थामा स्थानीय गिता परियारको घरमा रहेको पानी तान्ने मोटर बिगारेको भन्दै ५० वर्षिया परियारले ती बालिकाको मुखमा भैसीको गोवर कोच्याई दिएको बताईएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले बालिकालाई गोबर कोच्याएको अभियोगमा परियारलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । प्रहरी निकट स्रोतका अनुसार बालिकालाई मेडिकल गरी अनुसंधान सुरु गरेको छ ।

प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार
ताजा समाचार