सदरलाइनडटकम
४ चैत, नेपालगन्ज : गुण्डागर्दी र चोरी डकैतीलाई प्रसय नदिन र समाजमा शन्ति सुरक्षाको अवस्था कायम राख्न नेपालगन्ज–१२ का नागरिक अगुवाले सामुहिक आग्रह गरेका छन् ।
गत शुक्रबार साँझ नेपालगन्ज–१२ का डिलाराम पौडेलको घर फोडेर चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका सोही ठाँउका २५ वर्षिय दिपेन्द्र अधिकारी र २१ वर्षिय करण गिरिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै नागरिक अगुवाहरुले सो आग्रह गरेका हुन ।
पौडेलको घर भित्रै बसेर चोर्दै गरेको अवस्थामा शुक्रबार राती ९ बजेतिर गिरि र बाहिर बसेर चोरीका सामान थान्को लगाउने र अन्य कार्यमा सक्रिय रहेका अधिकारीलाई सोही दिन नै प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
प्रहरीले सुरुमा घरभित्र पक्राउ परेका गिरीलाई नियन्त्रणमा लिएर सोघपुछ गर्दा सो चोरीको मुख्य नाईके नै अधिकारी भएको खुल्न आएकोले अधिकारीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो ।
प्रहरीका अनुसार प्रहरी नियन्त्रणमा परेका अधिकारी यसअघि नै विभिन्न कसुरमा प्रहरी नियन्त्रणमा परेको र केही दिन अघिमात्र हिराशत मुक्त भएका हुन । उनको घरकोठा खानतलासि गर्दा कोठामा खुडा भेटिएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज वडानं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीको अगुवाईमा वडामा भएको सर्व पक्षिय सर्व दलिय भेलाले चोरी र गुण्डागर्दीमा संलग्न रहेका अधिकारी र गिरीलाई छुटाउनको लागि राजनीतिक दवाब नदिने र उनीहरुलाई कडा कारवाहीको लागि पहल गर्ने लगायतको निर्णय गरी जिल्ला प्रहरीमा बुझाएका छन् ।