सदरलाइनडटकम
२६ फागुन, कोहलपुर : बाँकेको कोहलपुरमा सञ्चालन भएको प्रथम अन्तर माविस्तरिय मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि गोरखा यूनाईटेड पब्लिक स्कुलले हात पारेको छ । कोहलपुर नगरपालिकाको ओजनामा तेह्र विगाह मैदानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा गोरखा यूनाईटेड पब्लिक स्कुलले उपाधि सहित नगद ५१ हजार रुपैयाँ, रनिङ्ग शिल्ड प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै गरी ज्ञानज्योति मावि चप्परगौडीले दोश्रो स्थान हासिल गरेको ज्ञानज्योतिले ट्रफी र ३१ हजार नगद पुरस्कार प्राप्त गर्दा भने जनज्योति पब्लिक माविले तृतीय स्थान हासिल गर्दै नगद २१ हजारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता विद्यालयका छात्र छात्राहरुलाई आयोजक कोहलुर नगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतले रनिङ्ग शिल्ड, ट्रफी, पदक प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा कोहलपुर नगरपालिकाका नीजि तथा सामुदायिक विद्यालय गरी ३४ वटा विद्यालयहरुको सहभागिता जनाएका थिए । प्रतियोगिताको समापन गर्दै कोहलपुर नगरपालिकाका मेयर रावतले कोहलपुर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगितालाई प्राथमिकता दिने बताए ।